surkhet

वीरगन्जमा एक जनाको कोरोनाबाट मृत्यु ,

surkhet

साउन २२ ,वीरगन्ज – वीरगन्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।

वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत् ६५ वर्षीय पुरूषको मृत्युपछि कोरोना पुष्टि भएको नारायणी अस्पताल श्रोतले जनाएको हो।

Gorkha

मृतक ति पुरुषमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि गत मंगलबार अस्तपाल भर्ना गरिएको थियो।

Dailekh

मृतक मुटु र मधुमेहका बिरामी हुन्,सुरूमा आकस्मिक कक्षमा उपचार गरिए पनि बुधबार राति उनलाई अक्सिजनको कमी भएपछि भेन्टिलेटरमा राखिएको थियो।

बिहीबार बिहान ८ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।उनको ट्राभल हिस्ट्री भने केहि देखिएको छैन।

salyan