अमेरिकी रास्ट्रपति ट्रम्पद्वारा टिकटिक र वीच्याटमाथि प्रतिबन्धको घोषणा,
साउन २३ वासिङ्टन – अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्धको घोषणा गरेका छन्।
ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागु हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।
अमेरिकी अधिकारीहरूले टिकटकका माध्यमबाट प्रयोगकर्ताका विवरणहरू चीन सरकारसमक्ष पुग्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।
रास्ट्रपति ट्रम्पले झन्डै दुई वर्ष देखिको व्यापार युद्ध र पछिल्लो समय हुवावेको फाइभी जीमाथि प्रतिबन्ध, कोरोनाभाइरस, साउथ चाइना सी र हङहङका विषय चीनसँग विवाद चुलिइरहेका बेला अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा भएको भन्दै प्रतिबन्धको घोषणा गरेका हुन्।
ट्रम्पको कार्यकारी आदेशमा भनिएको छअमेरिकाको राष्ट्रिय सुरक्षाका लागि टिकटकविरूद्ध यो कदम उठाउन आवश्यक थियो ।
सअघि अमेरिकाको सिनेटले सरकारी विद्युतीय उपकरण टिकटकलाई प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो।अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक अमेरिकाको स्वामित्व किन्न चाहेको छ।
राष्ट्रपति ट्रम्पको आदेशपछि अब उक्त खरिद प्रक्रिया ४५ दिनअगावै सक्नुपर्ने देखिएको छ।चिनियाँ कम्पनी बाइटडान्सले सन् २०१७ मा टिकटक लन्च गरेको थियो अहिले उसले म्युजिकल्ली नामको अर्को एप किनेको थियो।
चिनमा भने टिकटक बन्द छ अहिले यो युरोपमा लोकप्रिय बन्दै गएको छ। अमेरिकामा मात्र अहिले टिकटक प्रयोग गर्नेको संख्या ८ करोड छ भने युरोपभरि ५० करोड बढी टिकटक प्रयोग गरिरहेका छन् ।
भारतले पनि केहि महिनाअगाडी टिकटकमा प्रतिबन्ध लगाईसकेको छ। नेपालमा अपनी अहिले टिकटक लोकप्रिय बन्दै गएको देखिन्छ।