सुर्खेत छिन्चुको कमला एग्रोभेट सेन्टर सिल दोब्बर मुल्यमा मल बेचेपछि जफद ,

साउन २३ ,सुर्खेत – सुर्खेत भेरीगंगा १०, छिन्चु स्थित कमला एग्रोभेट सेन्टरबाट संयुक्त बजार अनुगमन समितिले ६२ बोरा मल जफद गरेको छ।

बर्दियाको मधुवनस्थित खनाल एग्रोभेटले अवैध रुपमा भारत निर्मित रासायनिक मल कमलाएग्रोभेटमा बेचबिखन भईरहेको भन्ने विशेष सुचनाको आधारमा समितिले मल जफद गरेको छ भने रासायनिक मल विक्री वितरण गर्ने ईजाजत पत्र विना नै सञ्चालित गरेको कमला एग्रोभेट सेन्टरलाई सिल गरिएको हो।

एग्रोभेटले सरकारले तोकेको बजारभाउको दोब्बर मूल्य गरेर समेत बेचेको खुल्न आएको छ।

बोराको ८१६ रुपैयाँ मूल्य पर्ने युरिया मल २७ सयदेखि तीन हजार रुपैयाँमा बेचबिखन भएको थाहा पाएपछि सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल नेतृत्वको अनुगमन टोलीले पसल सिल गरेको हो ।

रासायनिक मल विक्री वितरण गर्ने ईजाजत पत्र नलीएर महँगोमा कृषकलाई मल विक्री गरेको पाईकाले कालाबजारी ऐन अन्तर्गत मुद्धा चलाएर आवश्यक कारवाही गरिने पौडेलले जानकारी दिए ।

जफद गरिएको रासायनिक मल साल्ट टेडिङ्ग कर्पोरेशन शाखा सुर्खेतको गोदामका राखिएको पनि उनले बताए ।

तेस्तै कोहोलपुरबाट अवैध रुपमा रासायनिक मल बोकेको जिपलाई ईलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख माधव चौधरी नेतृत्वको टोलीले छानबिन गरेर गाडीलाई छोडेको छ भने २३ बोरा रासायनिक मल जफद गरेको छ।

प्रहरी टोलीले अनधिकृतरुपमा ल्याइएको २३ बोरा मलमध्ये ११ बोरा मल बेचिसकेकाले बाँकी मलमात्र जफत गरिएको प्रमुख चौधरीले बताए ।