surkhet

ठगि केसमा पक्राउ परेका अर्जुन क्षेत्रि जेल चलान ,

surkhet

साउन २३ ,काठमान्डौ – ठगि केसमा पक्राउ परेका अर्जुन क्षेत्रि पुर्पक्षका लागि जेल चलान भएका छन्।

उनले आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

गत २६ असारमा गैरकानुनी लाभ लिएको आरोपमा क्षत्रीसहित नौ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।

Dailekh
Gorkha

जिल्ला अदालत काठमाडौँको आदेशले क्षत्रीसँगै राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार रेग्मी र जगदिश खड्कालाई पुर्पक्षको लागि जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

क्षत्रीसहित नौ जनाले नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै चार करोड मागेका थिए ।

कुरा मिलाउदै जाँदा ५० लाखमा कुरा मिलेको थियो ५० लाख रुपैयाँ लिन जाँदा उनीहरु अख्तियारको फन्दामा परेका थिए ।

अर्जुनले आफुलाई ज्योतिस भनेर चुनाउने गरेका छन् ,उनले पहिले पनि नेपालमा ठुलो भुकम्प आउने भन्दै अफवाह फैलाएपछि प्रहरीले पक्राउ गरेर छोडेको थियो।

salyan