पोखरामा कोरोनाबाट एक जनाको मृत्यु ,

साउन २५ ,पोखरा -( कोभिड १९) कोरोना संक्रमणबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा एक जनाको मृत्यु भएको छ ।

शनिबार राति पोखरा १९ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको हो। मृतकको राति ११:३५ बजे आईसियू उपचारकै क्रममा निधन भएको श्चिमाञ्चल क्षेत्रीय अस्पतालले विज्ञप्तिमार्फत जानकारी गरेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई साउन १७ गते अस्पताल भर्ना गरिएको थियो ,मृतक मधुमेहरोगबाट पिडित भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले बताए।

योसँगै कोरोना भाइरसबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।