आज ३८० जना कोरोना संक्रमित फेला कुल संख्या २३ हजार नजिक ,

साउन २५ ,काठमान्डौ – आज थप ३८० जना संक्रमित फेला परेका छन्,यो संगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ।

देशभर ६५४४ सक्रिय कोरोनाका संक्रमितको उपचार भईरहेको छ। गत २४ घन्टामा सरकारले देशभरका ३७ प्रयोगशालामा ८ हजार ५१५ जनाको पीसीआर परिक्षण गरेको बताएको छ।

तेस्तै हाल सम्म ११३८,जना देशभर क्वारेईनटिनमा रहेका छन् भने आज ४० जना डिस्चार्ज भएपछि कुल १६ हजार ३ सय ५३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

तेस्तै कोरोनाबाट हाल सम्म ७५ जनाको मृत्यु भएको छ आज थप २ जना मृत्यु थपिएपछि यो संख्या पुगेको हो।