स्वास्थ्य परिषदले गरेको सर्वेक्षणमा अझै २८ प्रतिशतले माक्स प्रयोग गरेका छैनन् ,

साउन २५ ,काठमान्डौ- नेपालमा अझै २८ प्रतिशतले माक्स प्रयोग नगरेको सरकारको तथ्य छ।

कोरोना महमारीबीचमा पनि आज सम्म जम्मा ७२ प्रतिशतले माक्स प्रयोग गर्ने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले आजको कोरोना नेशनल अपडेटमा जानकारी गराएका हुन्।

नेपाल स्वास्थ्य अनुन्सधान परिषदले गराएको स्वास्थ्य मापदण्डको निष्कर्षमा माक्स र सेनीटाईजर प्रयोग ,सोसल डिस्टेन्सको अनुगमन गरेको थियो।

जसमा ६ जनाको विज्ञ टोलि रहेको थियो ,काठमान्डौका २३ वटा सार्वजानिकस्थलमा गरिएको यो सर्वेक्षनमा ब्याक्तिगत रुपमा कपडाको माक्स प्रयोग गर्ने १५.८ प्रतिशत फेला परेको ज्ञवालीले बताए।

७२.६६ प्रतिशतले माक्स प्रयोग गरिएपनि २७.३४ प्रतिशतले नाकमुनि माक्स झुन्डाउने ,माक्स हातमा समाउने चिउड़ोमुनि झुन्ड्याउने गरिएको बताए।

तेस्तै ५० प्रतिशत सार्वजानिक यातायातमा सर्वेक्षन गर्दा एक सिट छोडेर बस्ने व्यवस्था मिलाईएपनि प्रभावकारी नपाईएको हो।

सर्वेक्षणका अनुसार सबै भन्दा बढी तरकारी बजार ,सपिङ्ग महल ,धार्मिकस्थल सार्वजानिकस्थलमा नियम पालना गरिएको छैन।

साबुन पानि र सेनीटाईजर सार्वजनिकस्थलहरुमा करिब ६० प्रतिशतले प्रयोग गरेको खुलेको हो।

कोरोनाको हाल सम्म कुनै खोप वा उपचार छैन र पत्ता लाग्न नसकेको पनि प्रवक्ता जागेस्वर गौतमले बताए।

नियमित स्वस्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषदले गरेको मापदण्डमा सबै बसिदिन पनि उनले आग्रह गरेका छन्।