नेकपा महासचिव विष्णु पौडेल आईसोलेसनमा ,
साउन २५ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आईसोलेसनमा बसेका छन्।
उनका अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि उनि आईसोलेसनमा बसेका हुन्।
शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्टि भएको छ ।
सोहिदिन महासचिव बिष्णु पौडेलको पनि स्वाब परिक्षण गरिएको थियो उनको रिपोर्ट भने नेगेटिभ आएको पौडेलको सचिवालय स्रोतले जनाएको छ ।
उनका पीसओको प्रहरी अस्पतालमा भर्ना गरिएको छ भने महासचिव आफ्नै निवासमा आईसोलेसनमा रहेका छन् ।