गोंगबु हत्या प्रकरणमा एक जना महिला पक्राउ शव दाङका कृष्णबहादुर बोहरा रहेको प्रहरीको भनाई ,
साउन २६ ,काठमान्डौ – गोंगबु हत्या प्रकरणमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको टाढी, माधवपुरबाट कल्पना शाही हुन् ।
उनि अपराध भएको कोठामा बस्ने गरेको खुलेको प्रहरी उच्च श्रोतले जानकारी गरेको छ।
कल्पनालाई पक्राउ गरि अहिले चितवन प्रहरी कार्यालयमा राखीएको छ भने कोठामा अल्याउने तयारि भईरहेको छ।
हिजो आईतबार गोंगबु चोकनजिकै गनेस्थानमा सुटकेशभित्र एक जना पुरुषको शव फेला परेको थियो।
,सो शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरी श्रोतले जनाएको छ। मृतकको शव सुटकेशमा प्याक गरेर फालीएको थियो भने टाउको काटेर अलग फालीएको थियो।
टाउको फालीएको करिब २ सय देखि ३ सय मिटर टाढा हात खुट्टा काटेर विभत्स हत्या गरि श्वा फालीएको थियो।
प्रहरीका अनुसार शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरी नजिकैको ४ तले घरको एउटा कोठामा घटना भएको पाइएको अनुसन्धानबाट खुलेको छ ।
महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले घटना भएको घर फेला परेको जानकारी दिँदै प्रहरीले सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालेको बताएका हुन्।
मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ । प्रहरीले उनको हत्यामा संलग्न हुनसक्ने भन्दै केहि ब्याक्तिलाई अनुसन्धान गरिरहेको बताएको छ।