surkhet

कसैलाई हटाउने प्रयोजनले गरिने गुट उपगुटको पक्षमा छैन सांसद धुर्व कुमार शाही ,

surkhet

साउन २६ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद माननीय धुर्व कुमार शाहीले शीर्षनेताहरुको विवादले पार्टी विभाजनको डिलमा पुगेको भन्दै कुनै पनि पक्ष विपक्षमा नलाग्ने प्रतिवद्धता गरेका छन् ।

पार्टीमा माथिल्लो पक्षमानै गुट उपगुट ध्वंसात्मक प्रकृतिका अन्तरविरोधहरु चलिरहेको छ ,पार्टी विभाजन हुँदा कसैको पनि भविष्य सुरक्षित नरहेकाले अहिले पक्ष वा विपक्षमा लाग्नुपर्ने नभएको सांसद धुर्व कुमार शाहीले बताए।

शाहीले आजकै मितिबाट कोहि कसैलाई हटाउने प्रयोजनले गरिने अभियानमा हस्ताक्षर नगरिने बताए भने बल्कि शिर्ष नेतालाई दबाब दिईने बताएका हुन् ।

Dailekh

आफु जनताबाट निर्वाचित भएर आएको हुनाले माथिका नेताको झगडाले तल कस्तो निरास छाएको छ भन्ने अनुभूति नरहेको समेत शाहीले बताए।

अबदेखि कुनै पनि गुटको पक्ष र विपक्षमा मूर्त वा अमूर्त ढंगले सामाजिक सञ्जाल, सडक चोकहरुबाट सार्वज्निक ढंगले पक्ष,विपक्षमा अभिव्यक्ति दिने वा सहभागी हुने छैन धुर्व शाहीले भने।

नेकपा ६३ जना सांसदले आईतबार संघीय संसद सचिवालयमा पत्रकार सम्मेलनगरी अब देखि कुनै पनि पक्ष विपक्षमा नलाग्ने प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

प्रतिवद्धता सार्वजनिक गर्नेहरुमा केपी ओली र प्रचण्ड-माधव दुवै गुटका सांसदहरु छन् ।

Gorkha

पत्रकार सम्मेलनमा केपी ओली पक्ष र प्रचण्ड पक्षका सांसदहरुले आ- आफ्नो धरान राखेका थिए भने पार्टी विभाजन हुन नदिन अब कुनै पनि गुटको पक्ष-विपक्षमा विभाजित नहुने प्रतिवद्धता सहित ६३ जनाले हस्ताक्षर गरेका हुन् ।

उनीहरुले पार्टी एकीकरणको प्रक्रियालाई पूर्णता दिई देशब्यापी संगठन विस्तार गर्दै महाधिवेशनमा लाग्नुपर्ने बेला पार्टीमा अनावश्यक विवाद सिर्जना गरिएको बताएका छन् ।

पार्टीको एकता महाधिवेशनसम्म विधान र एकताको भावना समेटिने गरी सामूहिक पहलकदमी हुनुपर्ने उनीहरुले जनाएका छन् ,भने तीनबुँदे प्रतिवद्धतापत्रमा पार्टीमा देखिने सबै प्रकारका अन्तरविरोधहरुलाई पार्टीको विचार सिद्धान्तले निर्देशित गरेको पद्दतिअनुसार हल गरिनुपर्ने उल्लेख गरेका छन् ।

पक्ष विपक्षमा अनालागने सहित सांसदहरुको नामलिस्ट,

 

 

salyan