धादिङमा चार वटा सावारी साधन ठोक्किदा आगलागी ,,

वैशाख १९ ,, धादिङमा सवारी साधन ठोक्किदा आगलागी भयको छ ,। धादिङको थाक्रे गाँउपालिका २ मा मालवाहक ट्रक र मोटरसाइकलमा आगलागी भयको हो।

बुधबार बिहान पृथ्वी लोकमार्ग अन्तरगत मलेखुबाट काठमाडौं जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकलाई बा ७५ प ६०५१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो ।

लगत्तै, ट्रक विपरित दिशाबाट आइरहेको नेपाली सेनाको गाडीमा ठोक्किएको थियो । सेनाको गाडी पछाडि रहेको बा ३६ प ७२३९ नम्बरको अर्को मोटरसाइकल अनियन्त्रित भएर ट्रकमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

दुर्घटना लगत्तै ना ६ ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ध्रुवराज राउतले बताए ।

घटनामा दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक अन्दाजी २९ वर्षीय रेखबहादुर बस्नेत र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल चालक २८ वर्षीय प्रेमबहादुर भुजेल छन् ।

प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले दियको छ ।