surkhet

नेपाल आईडल सिजन २ काठमान्डौमा सुरु ,,

surkhet

वैशाख १९ ,,काठमाडौं – नेपाल आइडल सिजन टुको अन्तिम अडिसन काठमाडौंमा सुरु भएको छ। ‘

आइडलको नारा जित्छ उसले, सुमधुर गाउँछ जसले’ भनेर नारा दिइएको सिजन २ को काठमाडौं अडिसनको पहिलो दिन मंगलबार युवाको उत्साहजनक सहभागिता देखियो।

काठमान्डौको मीनभवनमा रहेको ईपीएस स्कुलमा भएको अडिसनमा सबै आ -आफ्नो हातमा मोबाईल समायर वा गितार समायर आफुले देखाउने गीतको तयारी प्रयास गरेको देखिन्थ्यो ।

Dailekh

अडिसनमा मौलिक पोसाकमा सजिएका सहभागी पनि भेटिए। साथै फरक क्षमता भएका र भर्खरै १६ वर्षमा टेक्दै गरेका युवाको पनि बाक्लै जमात देखियो। सबैले आफ्नो पालो कुरी रहेको देखिन्थ्यो ।

Gorkha

एपीवान टेलिभिजनले आयोजना गरेको गायन प्रतियोगिता नेपाल आइडलमा १६ देखि ३० वर्ष बीचका युवाको सहभागिता छ। यसअघि पोखरा, धनगढी, नेपालगन्ज, हेटौंडा, धरानमा अडिसन सकेर आइडलको टिम काठमाडौं आएको हो।

गीतसंगीतमै आफ्नो भविष्य देख्ने र गुन्गुनाउन मन पराउनेको उल्लेख्य सहभागिता रहेको तीनदिने काठमाडौं अडिसनको फाइनल राउन्ड ग्वार्कोको मण्डला हाउसमा बिहीबार हुनेछ।

सहभागी हरुमा कतिपय गीत रेकर्ड गरीसकेका छन् ,भने कतिपय धेरै क्षमता भयका तर भाग्यले ठगेका पनि छन् । कोहि अपाङ्गता भयका कोहि ह्विल्चेरमा देखियो ।

यसमा को को छनोट हुन्छन त्यो त हेर्न बाँकि नै छ । , कला र क्षमताको कदर भयका ब्याक्ति छनोट होस् । यो सबैको चाहाना हो आईडलमा पैसाको विषयमा नहेरियोस ?

साउन १० देखि साताको दुई दिन एपीवान टेलिभिजनमा नेपाल आइडल प्रसारण हुनेछ।पीवान टेलिभिजनले नेपाल आइडलको दोस्रो सिजनलाई ३४ भागमा प्रसारण गर्नेछ।

salyan