Gold

केन्द्र सरकारले लकडाउन नगर्ने जोखिम जिल्लामा सिडिओ र स्थानीय तहले गर्नसक्ने ,

Naumule Migrate

साउन २७ ,काठमान्डौ – अहिले दैनिक जस्तो कोरोना भाईरसक संक्रमित बढ्दै गएपनि केन्द्र सरकारले लकडाउन नगर्ने बताएको छ।

सरकारका प्रवक्ता युवराज खतिवडाले फेरी पनि सरकारले लकडाउन नगर्ने प्रस्ट पारेका हुन्।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै मंगलबार मन्त्री खतिवडाले दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले ‘लकडाउन’ गर्न सक्ने बताएका हुन् ।

केहि जिल्ला कोरोना मुक्त भईसकेका छन् ,अहिले पनि मानिसहरुको आवतजावत भईरहेको छ । तेसैले केन्द्र सरकारले लक्डाउन र बन्दाबन्दि भन्न मिल्दैन दुई सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले अवस्था हेरेर लकडाउन गर्ने अधिकार दिईएको युवराज खतिवडाले बताए।

जोर बिजोर लागु गरेर यातायात संचालनमा गरिएको छ सार्वजानिक यातायातपनि चलेका छन् लामो दुरीका यातायात र अन्तरजिल्ला सार्वजनिक यातायातमात्र बन्दा हुन् उनले भने।

तेस्तै दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्ला र काठमाडौं उपत्यकामा सरकारी तथा गैरसरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाले वर्क फर्म होम नियमअनुसार काम गर्नु पर्नेछ।

जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने सरकारी तथा वित्तीय संस्थाका कार्यालयमा ५० प्रतिशतमात्रै कर्मचारी कार्यालयमा आउन पाउँछन्,’भने घरबाटनै काम गर्न सक्ने व्यवस्था मिलाउन सम्बन्धित कार्यालय प्रमुखले गर्नुपर्नेछ।

होटेल १५ गते बाट खोलिने भनेका होटेल रेस्टुरेन्ट भने अब खुल्लने छैनन्। विभिनन स्थानमा भिड भाड बढेको ,नागरिकले माक्स नलगाउने सामाजिकदुरी कायम नराख्ने जस्ता क्रियाकलाप बढेपछि यस्तो निर्णय लिनुपरेको खतिवडाले जानकारी गरे।

Naumule Badhipahiro