रुकुम चौरजहारी

विरगंजमा रातिमा ठुलो स्वरमा गीत बजाउन रोक ,,

रुकुम आठ विसकोट

वैशाख, १९ – विरगंजमा महानगरपालिका क्षेत्रमा वैशाख २० गतेदेखि रातिको समयमा ठूलो स्वरमा गीत बजाउन प्रतिबन्ध लगाइएको छ ।

विभिन्न विवाह , ब्रतावान्धन तथा धार्मिक कार्यक्रममा ठुला साउन्ड , डिजेमार्फ़त रातिमा चर्को आवाजमा गीत बजाउनाले जनजीवनमा प्रवाभित भयको भन्ने जना गुनासो आयपछी यस्तो रोक लगाईयको हो

यस्तो संगीत बज्दा बालक, बृद्वबृद्वा, सुत्केरी, बिरामी, विद्यार्थीहरु सुत्नै नसक्ने जनगुनासो आयको छ ।

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी विरगंजमा महानगर क्षेत्रमा गर्मी मौसममा राति १० बजेपछि र जाडो मौसममा राति ९ बजेपछि चर्को आवाज आउने गरी कुनै पनि काम गर्न निषेध गरिएको जनाएको छ ।

सूचना अटेर गरेमा प्रहरीले कारबाही गर्ने जिल्ला प्रहरी प्रमुख एसपी डा. गणेश रेग्मीले जानकारी दिए । ‘समग्र जनप्रतिनिधिहरुको स्वीकृति र सहयोगमा ध्वनि प्रदुषणविरुद्ध अभियान सञ्चालन गरेका छौं’ उनले भने ‘उलंघन गर्नेलाई कार्वाहीको दायरामा ल्याउछौं ।’

यो नियम तत्कालका लागि महानगरपालिका क्षेत्रभित्र रोक लगाउने र पछि जिल्लाभरी नै लागु गराउने उनको भनाइ छ । ‘जथाभावी चर्को आवाज निकालेर आम जनताको मौलिक हक हनन भइरहेको छ ।

यसै तथ्यलाई ध्यान दिदै प्रहरीले सुरू गरेको रातको समयमा ध्वनि प्रदुषण रोक्ने कार्यले आम जनातालाई राहत हुने विश्वास हामीले लिएका छौं’ एसपी रेग्मीले भने ।

रामाइलो गर्ने भन्दैमा अरुलाई असर पार्ने गरि यस्ता ध्वनि प्रदुषण गर्ने गरि गीत बजाउन मिल्दैन ।, तेसैमा हामि कहा जनगुनासो आयको छ यो सबैलाई हो ।

सूचना जारि गर्दा पनि कसैले अटेर गरि यस्तो कार्य गरे पक्राउ गरि सामाजिक अपराध ऐन अनुसार मुद्दा चलाउने प्रहरी जानकारीले दियको छ ।