त्रिवि शिक्षण अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पुस्टि ,
साउन २८ ,काठमान्डौ – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत दुई चिकित्सक र चार स्टाफ नर्समा बुधबार कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
अस्पतालको इमर्जेन्सीमा कार्यरत दुई चिकित्सक र वार्डमा कार्यरत चार नर्सिङ स्टाफमा कोरोना संक्रमण पुष्टि भएको त्रिवि अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासले जानकारी दिए ।
कोरोनाका लक्षण देखिएका चिकित्सकलाई अस्पतालमै उपचार भैरहेको छ भने पीसीआरमा पोजेटिभी देखिएको तर लक्षण नदेखिएकालाई घरकै आईसोलेसनमा बस्न आग्रह गरिएको डा. दासले जानकारी बताए।
डा. दासका अनुसार इमर्जेन्सीमा कार्यरत चिकित्सकमा लक्षणसहितको संक्रमण पुष्टि भएपछि बुधबार साँझबाटै अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ।
एक सूचना निकालेर अस्पतालको आकस्मिक सेवा बन्द गरिएको । त्रिवि अस्पतालमा २४ जना संक्रमितको उपचार भइराखेको छ। संक्रमितमध्ये पाँचजना भने आइसीयूमा रहेको डा. दासले जानकारी दिए।
बुधबार ६ स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अस्पतालकामा कोरोना संक्रमित स्टाफको संख्या १८ पुगेको छ।