कोरोना अस्पतालमा मृ,त्यु युवाको रिपोर्ट नेगेटिभ ,

साउन २९ ,वुटवल – वुटवल धागो कारखानाको कोरोना विशेष अस्थायी अस्पतालमा मृ,त्यु युवाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ।

बुधबार ज्यान गुमाएका २५ वर्षीय युवा प्रदिप तेलीको पिसिआर रिर्पोट नेगेटिभ आएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ का तेलीको श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार राति बुटवलस्थित अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो ।

१२ बजे राति कपिलबस्तुको अस्पतालबाट रिफर गरेर बुटवलको कोरोना विशेष अस्पतालमा ल्याएर भेन्टिलेर राखीएका तेलीको २ वजे मृ,त्यु भएको थियो ।

सुन २४ गते भारतको मुम्बईबाट आएका मृतकको ज्वोर र रुघाखोकी देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएका थिए।

श्वासप्रश्वासमा समस्या देखिनुका साथै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि उनलाई कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

तेलीको मृगौला र रहेको त्यसको असर फक्सोमा पनि पुगेका कारण मृ,त्यु भएको थापाले बताए ।