सब्जीमन्डीमा प्रेसरकुकर बम फेला ,

साउन २९ ,कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा बुधबार राति प्रेसरकुकर बम भेटिएको छ ।

भीमदत्त नगरपालिका ४ को सब्जीमन्डी रोडमा भेटिएको बमलाई आज नेपालि सेनाले निष्क्रिय पारेको छ ।

बम फेला परेको स्थानमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अमरबहादुर थापाले जानकारी दिए ।

पर्चामा महेन्द्रनगर नगर विकास समितिको जमिनमा अवैध रूपमा निर्माण भइरहेका संरचनाको विरोध गरिएको छ । युक्त विषयमा थप अनुसन्धान भईरहेको थापाले बताए।