रुकुम सोती घटनाका संघर्ष समितिलाई वन तथा वातावरण मन्त्रि शक्ति बस्नेतको धन्यवाद ,

साउन २९ ,काठमान्डौ – रुकुम पश्चिम चौहराजारी नगरपालिका सोती ८ को घटनामा जातियताका कारण मारीएका जाजरकोटका ६ जना युवालाई न्याय दिलाउन बनेको जाजरकोट संघर्ष समितिलाई वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतले धन्यवाद दिएका छन्।

गत जेठ १० गते जाजरकोटका ६ जना कलिला युवाहरुको जातीयताका कारण रुकुम चौहरजारी ८ मा सामुहित हत्या भएको थियो।

रुकुम पश्चिम सोती हत्या काण्ड संघर्ष समिति जाजरकोटबाट संयोजकमा नगेन्द्र शाह छवि पन्त सह सयोजक नागरिक समाज संयोजकबाट राजेन्द्र विक्रम शाह छन्।

हत्याकाण्डका पिडितहरुलाई न्याय प्राप्तिका लागि हिजो २८ गते बसेको बैठकेल गरेका निर्णयहरु विज्ञप्ति मार्फत सघर्ष समितिले सार्वजानिक गरेको थियो ।

उक्त विज्ञप्तिमा गरिएका निर्णयप्रति र पिडितलाई न्याय दिलाउन बनेको संघर्ष समितिलाई मन्त्रि बस्नेतले धन्यवाद ज्ञापन गरेका हुन्।

घटनामा मारीएका ६ जना मृतकका पिडित परिवारलाई नेपाल सरकारले रु १० लाखक दरले सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

सोतिमा जाजरकोटका नवराज विक ,गणेश बुढा मगर ,सन्दिप बिक ,टिका राम नेपालि ,लोकेन्द्र सुनार ,गोविन्द शाहीको सामुहिक हत्या गरिएको थियो।

घटनामा दोषी २८ जनालाई पुर्पक्षका लागि जेल चालन गरिएपनि अपराधीलाई अहिले सम्म कुनै कारबाही गरिएको छैन।घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेपालभर विरोध प्रदर्शन गरिएको थियो।

No photo description available.