ओलीका पाँच दिन आजबाट सुरु भेट पनि सुरु ,
साउन २९ ,काठमान्डौ – लामो समयपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न प्रचण्ड बिहान ११ बजे वालुवाटार पुगेका हुन्। नेकपाभित्र चर्कीएको विवादलाई लिएर ओली प्रचण्डको दैनिक जस्तो छलफल हुने गरेको थियो।
स्थायी कमिटीको बैठकमा प्रचण्ड,माधव नेपाल पक्षका नेताहरुले ओलीले दुवै पदबाट राजीनामा मागेपछि नेकपामा विवाद बढेको छ ।
प्रधानमन्त्री ओलीले भने प्रधानमन्त्री अध्यक्ष दुवैपदबाट राजिनामा नदिने अडान राखेका छन्।
स्थायी कमिटि बैठकले ओलीको राजिनामा माग गरेपनि ओलीले टेर पुच्छर लगाएनन तेस्पछि प्रचण्ड ,माधव पक्षले केन्द्रियसमिति बैठक माग गर्यो।
ओलीका कारण केन्द्रिय समितिको बैठकबस्न सकेन र ओली प्रचण्डसंग समेत टाढा भए ।
दुवै अध्यक्षको दुरीलाई नजिक बनाउने भूमिकामा सुवास नेम्वाङले भूमिका खेले र झलनाथ खनाल माधव नेपाल महासचिव विष्णु पौडेल ,लगायतका नेताहरुले प्रचण्डसंग छलफल गरेपछि आज ९ दिन पछि ओली प्रचण्डको भेट घाट भएको छ।
बुधबार मात्रै एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टी विवाद हल हुने दाबी गरेका थिए । त्यसअर्थमा बिहीबारको दुई अध्यक्षबीचको भेटवार्तालाई सकारात्मक लिईएको छ।