वीरेन्द्रनगर सुर्खेतमा भदौ १ गते देखि निषेधाज्ञा जारि ,

साउन २९ ,काठमान्डौ – जिल्ला प्रशासन कार्यालय सुर्खेतले आगामी भदौ १ गतेदेखि ५ गते राति १२ बजे सम्म वीरेन्द्रनगरमा पनि निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

वीरेन्द्रनगर सुर्खेतमा दैनिक जस्तो कोरोना संक्रमणका बिरामी बढेपछि निषेषाज्ञा लागु गर्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै निश्चित समयसम्म निषेधाज्ञा लागु गर्न लागिएको हो। अत्यावश्यक र निर्माण योजनाहरु बाहेक अन्यमा क्षेत्र पूर्ण रुपमा बन्द गरिने रेग्मीको भनाई छ ।

लकडाउन खुलेयता वीरेन्द्रनगर सुर्खेतमा मापदण्ड विपरित बजार खुल्ला गरिएको छ भने भिडभाड समेत बढेको छ।

‘निषेधाज्ञाको क्रममा समस्यामा परेका व्यक्तिहरुलाई राहत तथा उद्धार गर्न अनुगमन समिति बनाएर परिचालन पनि गरिने रेग्मीले बताए।

कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतसहित सेवाग्राहीको भीड हुने कार्यालयहरुमा यहीँ साउन २५ गतेबाट अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिसकेको छ ।

वीरेन्द्रनगर नगरपालिकाले पनि साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।

सुर्खेतमा आज मात्रै थप १८ जना संक्रमितहरु पुष्टी भएका छन् भने हिजो बुधबार पनि १९ जनामा अकोरोना पुस्टि भएको छ।

तेस्तै सुर्खेत प्रवेशगर्ने नाकाबाट भित्रिनेलाई समेत अनिवार्य पीसिआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने निर्णय गरिएको प्रजिअ रेग्मीको भनाई छ।

तेस्तै वीरेन्द्रनगर सुर्खेत भित्रिने नाका बबई ,कालिमाटी ,काल्चे लगायतका क्षेत्रमा थप कडाई गर्न सम्बन्धित स्थानीय प्रशाशनलाई निर्देशन गरिएको पनि रेग्मीले बताए।

यो पनि

सुर्खेतमा आजपनि १८ जना कोरोना संक्रमित थपिए संक्रमितको संख्या २ हजार ५२ पुग्यो ,