वडाअध्यक्ष कन्हैया थारु चढने सरकारी मोटरसाईकल घरबाटै चोरी, खोजी कार्य जारी ,

साउन ३० ,नवलपरासी पश्चिम – सुनवल नगरपालिका वडा ९ का अध्यक्ष कन्हैया थारुको घरबाट उनी चढने सेतो प्लेटको मोटरसाईकल राती चोरी भएको छ ।

कार्यालय प्रयोजनको लागि नगरपालिकाले वडा अध्यक्ष थारुलाई दिएको उक्त मोटरसाईकल राती घरको कम्पाउण्डमा राखिएको अवस्थामा चोरी भएको होे ।

नगरपालिकाले सबै वडा अध्यक्षहरुलाई कार्यालय प्रयोजको लागि सेता प्लेटको मोटरसाईकल उपलब्ध गराएको छ ।

वडा अध्यक्ष थारुले पाएको लु १ ब १९२९ नम्बरको होण्डा साईन नामक सरकारी मोटरसाईकल उनको घरबाट राती चोरी भएपछि खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय परासीका एसपी अजय केसीले बताए । मोटरसाइकलको ह्यानडल समेल लक गरिएको थियोे ।

मोटरसाइकल सुरक्षाकै लागि उनी संधै कार्यालयको कामकाज र जनताको सेवा कार्य सकेर घर आई मोटरसाईकल कम्पाउण्ड भित्रै राख्ने गर्थे तर कहिलेपनि चोरी भएन गएराती मात्र चोरी भयो । ‘

‘घरको कम्पाउण्डमा मेरा कार, मेरा व्यक्तिगत मोटरसाईकल सहित विभिन्न सर–समान भएपनि चोरले सरकारी मोटरसाइकल नै चोरेर लगेको” उनी अचम्म मान्दै मोटरसाईकलको खोजी कार्य भैरहेको अध्यक्ष थारुले जानकारी दिए ।

बाईक चोरीको घटना ईलाका प्रहरी कार्यालय सुनवललाई खबर गरिएको थारुले जानकारी दिए ।

नवलपरासी पश्चिम
रविन्द्र यादव ,