पहिरोले सिन्धुपाल्चोकको लिदी बस्ति बगायो ३८ जना वेपत्ता ,

साउन ३० ,सिन्धुपाल्चोक – अविरल वर्षाले आएको पहिरोले सिन्धुपाल्चोक जुगल २ लिदीको टोलका ३८ जना वेपत्ता भएका छन् ,पहिरोले १३ वटा घर पुरेको छ।

पहिरोमा परेर ८ जना घाईते छन् ,घाईतेलाई हेलिकोप्टरबाट उदार गरि काठमान्डौ ल्याई उपचार गरिएको छ।

शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोले ३७ घरमा क्षति पुर्याएको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए।

सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य जारीराखेका छन् भने घटनास्थलमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पनि लिदि पुगेका छन् ।

जुगल गाउँपालिका अनुसार वडा नम्बर २ कै सानोनाम्फा, सुकुली, सञ्चगाउँ, भुल्के, निम्लुङ, बैगाङ टोल पनि पहिरोको जोखिममा छन् ।