राहत सामग्री लगेर गृहमन्त्री सिन्धुपाल्चोक पुगे ,

साउन ३० ,काठमान्डौ – सिन्धुपाल्चोकको जुगल गाउँपालिका,२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सिन्धुपाल्चोक गएका छन् ।

गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा गृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत पनि छन् ।

घटनास्थलमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पनि बिहान लिदि पुगेका थिए ।

शुक्रबार बिहाण गएको पहिरोमा परि ३८ जना वेपत्ता छन् भने ५ जना गम्भीर घाईते छन् ,पहिरोले ३७ घर पुरेको छ।

तेस्तै पहिरोमा परेका हाल सम्म ५ जनाको शव फेला परेको छ उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए।