कर्णाली प्रदेशमा टिएसएलसी नतिजा अझै आएन ,

साउन ३१ ,काठमान्डौ – कर्णाली प्रदेशन. ६ मा टिएसएलसी लेवलको नतिजा अझै प्रकासित भएको छैन ।

१८ महिने टिएसएलसीको नतिजा अन्य ५ वटा प्रदेशमा प्रकासित भएपनि कर्णाली प्रदेशमा अझै नतिजा प्रकासित हुन सकेको छैन।

तेस्तै प्रदेशन २ मा पनि सिटिईभिटि अन्तर्गत टिएसएलसीको नतिजा प्रकाशित भएको छैन।

सम्पूर्ण संकायको लिखित परिक्षा गत वर्ष २०७६ ५/४ देखि १३ गते सम्म संचालन भएको थियो।

तेस्तै सुदुरपस्चिम प्रदेशमा भने दुई पटक गरि टिएसएलसीको नतिजा प्रकासित भएको छ ,प्रदेशले पहिले पठाएको जति स्कुल र विषयको नतिजा प्रकासित गरेको छ भने तेस्तै छुटेको स्कुलको मार्क आएपछि पुन नतिजा प्रकासित गरेको हो।

अन्य प्रदेशले नतिजा प्रकासित गरेको हप्तौ बित्दा भने कर्णाली सरकार मौन बसेको देखिन्छ।