पर्सामा कोरोनाबाट एक जनाको मृत्यु ,
साउन ३१ ,वीरगञ्ज – पर्सामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको हिजो शुक्रबार ३० गते बेलुका ७ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालले जनाएको छ।
कोरोना पुस्टि भएपछि उनलाई गत २४ गतेबाट वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो ।
मृतक उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित रहेको बताईएको छ ।