मनमैजुमा युवाको हत्या गर्ने ब्याक्ति पक्राउ ,
साउन ३१ ,काठमान्डौ – काठमाडौंको टोखा नगरपालिका,९ मनमैजुस्थित मितेरी पुलमा एक युवालाई छुरा हानि हत्या गर्ने आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राति बसन्त टोलमा रहेको गोर्खाली खाजा घरमा शेर्पा र लक्ष्मण तामाङको समूहबीच झगडा भएको थियो ।
त्यसक्रममा काठमाडौं-१६ बसन्तनगरका आङदोर्जे शेर्पाले नुवाकोट घर भई तारकेश्वरमा बस्ने लक्ष्मणलाई छुरा प्रहार गरेका थिए ।
घटनापछि भागेका शेर्पालाई माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ। घटनामा संलग्न अन्यको खोजि भईरहेको प्रहरीले बताएको हो।
मृतक र दोर्जे समूहको बिचमा ‘पुरानो प्रेमिका’को बारेमा विवाद भएको प्रहरी अनुसन्धान बताउछ,उनीहरुबीच अघिल्लो दिनमा पनि सामान्य विवाद भएको थियो। प्रहरीले ति युवतीको पनि खोजि गरिरहेको छ।