भरतपुर अस्पतालका तिज जना डाक्टरलाई कोरोना पुस्टि ,

साउन ३२ ,चितवन – भरतपुर अस्पतालका थप तिन जना डाक्टरमा कोरना पुस्टि भएको भरतपुर महानगरपालिकाको जनस्वास्थ्य शाखाले बताएको छ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्स र सघन कक्षमा कार्यरत भईरहेका चिकित्सकमा कोरोना पुस्टि भएपछि तेंहा कार्यरत अन्य स्वास्थ्यकर्मी तथा बिरामीको स्वव संकलन गरिएको थियो।

शनिबार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत ६ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य शाखाका केशव भट्टले जानकारी दिएका छन् ।

यहाँ दुई जना नर्स र तीन जना एटेन्डरलाई संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखेर कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो।

तेस्तै भरतपुरको नारायणी सामुदायिक अस्पतालमा कार्यरत एक जनालाई पनि कोरोना पोजेटिभ देखिएको छ भने सेन्ट्रल अस्पतालबाट स्वाब संकलन गरिएका एक जनामा पनि कोरोना पुष्टि भएको उनको भनाई छ ।

भरतपुर अस्पतालको आकस्मिककक्ष शनिबारबाट संचालनमा आएको छ तेंहा कार्यरत एक जना नर्समा कोरोना देखिएपछि आकस्मिककक्ष सिल गरिएको थियो।

तेस्तै क्यान्सर अस्पतालको मेडिसिन वार्ड भने अझै सिल छ। चितवनमा दुई दर्जन बढी स्वास्थ्यकर्मीमा संक्रमण पुस्टि भईसकेको छ।