अत्यावस्यक काम छ भने आजै गरौ भोलिदेखि सुर्खेत बन्द छ,
साउन ३२ ,काठमान्डौ – भोलि भाद्र १ गते देखि ५ गते राति १२ बजे सम्मको लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा निषेधाज्ञा जारि गर्ने छ । जिल्ला प्रशाशनले गत २९ गते यस्तो निर्णय गरिसकेको छ।
वीरेन्द्रनगर सुर्खेतमा दैनिक जस्तो कोरोना संक्रमणका बिरामी बढेपछि निषेषाज्ञा लागु गर्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै निश्चित समयसम्म निषेधाज्ञा लागु गर्न लागिएको हो। अत्यावश्यक र निर्माण योजनाहरु बाहेक अन्यमा क्षेत्र पूर्ण रुपमा बन्द गरिने रेग्मीको भनाई छ ।
लकडाउन खुलेयता वीरेन्द्रनगर सुर्खेतमा मापदण्ड विपरित बजार खुल्ला गरिएको छ भने भिडभाड समेत बढेको छ।
‘निषेधाज्ञाको क्रममा समस्यामा परेका व्यक्तिहरुलाई राहत तथा उद्धार गर्न अनुगमन समिति बनाएर परिचालन पनि गरिने रेग्मीले बताए।
तर विगत जस्तो राहत वितरणमा गरिएको भेदभाव र अनिमियतता पाईएमा शक्ता कारबाही गरिनेपनि उनले बताए।
कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतसहित सेवाग्राहीको भीड हुने कार्यालयहरुमा यहीँ साउन २५ गतेबाट अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिसकेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले पनि साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।
तेस्तै सुर्खेत प्रवेशगर्ने नाकाबाट भित्रिनेलाई अनिवार्य पीसिआर रिपोर्ट देखाउनुपर्ने निर्णय भएको छ ।
तेस्तै वीरेन्द्रनगर सुर्खेत भित्रिने नाका बबई ,कालिमाटी ,काल्चे लगायतका क्षेत्रमा थप कडाई गर्न सम्बन्धित स्थानीय प्रशाशनलाई निर्देशन गरिएको पनि रेग्मीले बताए।