Gold

लकडाउनको मौकामा पेट्रोलियम पदार्थको मूल्य ४ पटक बढाईयो ,

Naumule Migrate

साउन ३२ ,काठमान्डौ – लकडाउनको बेला नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको भाऊ बढाएको छ।

आजराती १२ बजे बाट लागु हुनेगरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमले जानकारी गरेको हो।

अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

मूल्य बढेपछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेकाे प्रवक्ता उपाध्यायले बताए ।

Naumule Badhipahiro