नेकपा सचियावालय बैठक बस्दै ,

भदौ १ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले बिहान ९ बजे बस्दै छ ।

नेकपा भित्रको विवादकै बीच शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई आज बैठकले अनुमोदन गर्ने कार्यक्रम छ ।

सचिवालयका केहि सदस्यहरुले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गर्ने बताईएको हो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल मार्फत् समस्या समाधान गर्ने भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।

पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् ।