surkhet

नेपालमै पहिलोपटक गाईले बाघ मार्यो, ,

surkhet

भदौ १ ,काठमान्डौ – जङ्गलमा एउटा गाई चरिरहेको अबस्थामा केहि पर जंगलको राजा मानिने बाघलाइ देख्यो र डरले त्यो गाई नजिकैको पोखरीमा पस्यो ।

बाघ पनि त्यो गाईलाई खानको लागि सोही पोखरीमै पस्यो, पोखरीमा पानी कम तर हिलो बढी भएकोले दुबै बिस्तारै भासिदै गए।

तर एक अर्का नजिक नजिक पुगे पनि बाघले गाइलाइ भेटाउने अबस्था थिएन । सोहि समयमा बाघलाइ गाईले सोध्यो तिम्रो कोहि मालिक छन ?

Dailekh

बाघले गज्रदै भन्यो म जङ्गलको राजा हुँ ,मलाइ किन चाहियो मालिक ? अनि गाइले भन्यो त्यो तिम्रो शक्तिको अहिलेको परिस्थितिमा के काम ?

Gorkha

त्यस पछि बाघले गाईलाई भन्यो तिमी पनि त दलदल हिलोमा फसिरहेका छौ । यो सुनेर गाइले मुस्कुराउदै भन्यो मेरो मालिक जब साँझपख घरमा आउँछ मलाइ नदेखे पछि मालिक अबश्य मलाइ खोज्दै यहाँ लिन आउछ तर तिमिलाइ कस्ले लान्छ ?

सांच्चिकै एकैछिनमा मालिक आएर गाईलाई झिकेर घरतिर लैजान्छ,बाघ रातभरी पोखरिमा नै रहेको कारण बिहान मृत्यु हुन्छ ।

मान्छेले चाहेर पनि बाघलाइ निकाल्न सक्दैनथ्यो किनकी निकालेमा गाई र मानिस दुबैलाइ खतरा थियो ।

त्यसैले म नै सर्बेसर्ब हुँ र मलाई कसैको सहयोग चाहिदैन भन्नुनै अहंकार र घमण्ड हो त्यसैले घमण्डिहरु सबैलाई चेतना भया बाघको जस्तो हालत हुन नपरोस।

साभार सामाजिक सञ्जालबाट मार्मिक र सत्य संदेश ,

salyan