एसईईको नतिजा सार्वजनिक,नतिजा यसरि हेर्नुहोस ,
भदौ १ ,काठमान्डौ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यो वर्ष ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको छ ।
गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो ।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले रंग दर्पणलाई जानकारी दिए।
एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए ।
करिब १० हजार जनाको परीक्षा विभिन्न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिएका हुन् ।
विद्यार्थीले रिजल्ट प्राप्त गर्न गत वर्षको जस्तै टेलिफोनको आईभिआर ,एसएमएस ,वेवसाईडबाट प्रयोग गर्न सकिने बोर्डले जनाएको हो।