नेपालको झण्डा जलाउने देशद्रोही भन्दै गित गाउने एक जना पक्राउ ,

भदौ २ ,काठमान्डौ – नेपालको झन्डा जलाउने र देशद्रोही गित निकाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेर अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखा, काठमाण्डौले जनाएको छ।

गीतमा कुनै कुनै जातिलाई गाली गरेर गाईएको छ ,यो गीतको अहिले सामाजिक सञ्जालमा चर्को विरोध भईरहेको छ भने युटुबबाट हटाउन माग गरिएको छ।

गीतलाई मंगोल ग्याल्जीले गाएका छन् । मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।गितमा मंगोललाई माफी माग समेत भनिएको छ।

गितमा बाहुन क्षेत्रि शरणार्थी हुन् भन्दै केटा केटिको हिपहप् समेत छ। यस गीतलाई युट्युबमा ६६ हजार बढीले ‘डिसलाइक’ गरेका छन् ।

भिडियोमा ढाको टोपी र झन्डाको अपव्याख्या गरिएको छ । भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पृथ्वीनायारायण शाहलगायतको तस्बिरसमेत जलाइएको छ ।

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।

मुलिकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान गर्ने क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।