राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन हार्दिक श्रदान्जली ,
भदौ २ ,काठमान्डौ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।
घिमेरेको १ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा निधन भएको पारिवारिक श्रोतले जनाएको हो।
उनि केहि समयदेखि बिरामी हुँदै आएका थिए। उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।
घिमेरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् ।
उनको अन्त्येष्टि बुधबार गर्ने तयारि छ भने सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको छ।