भोलि देखि काठमान्डौमा एक साता निषेधाज्ञा,

भदौ २ ,काठमान्डौ – काठमान्डौ उपत्यकामा भोलि मध्यरातदेखि लागू हुनेगरी एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।
पछिल्लो समय उपत्यकामा दैनिक जस्तो कोरोना संक्रमित बढ्दै गएपछि राजधानीका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो।

अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन ।

सर्वसाधारणलाई समेत आवतजावतमा रोक लगाईने छ। उपत्यकामा आज मात्र २०५ जना कोरोना संक्रमित फेला परेका छन् भने दैनिक जस्तो १५० भन्दा माथि संक्रमित थपिदै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
