सुर्खेत सिम्ता गाँउपालिका १ मा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु ,
फाईल तस्विर
भदौ ३ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत सिम्ता गाँउपालिका १ ,घोरेटोमा रंगे खत्रीको घर पहिरोले बगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको सिम्ता गाँउपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए।
राति १२ बजे पहिरो आएर घर बगाउँदा अन्य भने भागरे बाँच्न सफल भएको केसीले बताए ,घटनास्थलमा अहिले प्रहरी पठाईएको उनले जानकारी दिए।
तेस्तै मंगलबार रातिको पहिरोमा परि दैलेखको भगवतीमाई गाउँपालिका,५,कट्टीका ६६ वर्षीय बलबहादुर रावत र ठाँटीकाँध गाउँपालिका,४ गैरीगाउँका १२ वर्षीय जनक कठायतको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।
पहिरोमा परि ४५ वर्षीय टिकाराम कठायत, ११ वर्षीय लोकेश कठायत, ४१ वर्षीया धनसरा कठायत र १५ वर्षीय शम्शेर कठायत र छिमेकी बमबहादुर नेपाली पनि घाइते भएका छन् ,उनीहरु सबै एकै परिवारका रहेको पनि प्रहरीले बताएको छ ।
तेस्तै जाजरकोट छेडागाड नगरपालिका,१ का वीरबहादुर नेपालीको घरमा चट्याङ पर्दा उनका ३ वर्षीय छोरा सोमनको मृत्यु भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।