Gold

अछाममा बाढीले बगाउँदा १७ जना वेपत्ता ,

Naumule Migrate

भदौ ३ ,अछाम – अछामको रामारोशन गाउँपालिका कैलास खोलामा आएको बाढीले २२ घर बगाउँदा १७ जना वेपत्ता छन् ,ति मध्ये ६ जनाको शव फेला परेको छ।

बाढीले बगाएर मृत्यु भएका ३ जना महिला र ३ पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।

शव पहिचान भने हुन सकेको छैन। घटनास्थलमा उद्दारको सेनाको हेलिकोप्टर लगेर प्रजिअ गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको छ ।

तेस्तै घटनास्थलमा फेला परेका तिन जना घाईतेलाई अस्पताल लैजाने तयारि भईरहेको छ।

बाढीले दर्जनौ पुल ,पसल ,बगाएको छ ,खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीमा मानवीय संगै भौतिक क्षति पुगेको छ पशु चौपए मरेका छन् बगेका छन् क्षतिको एकिन विवरण भने आउन बाँकी छ।

वेपत्ता भएका १७ जनाको सूची,

१.नन्द साउद, ४७ वर्ष
२.गंगा साउद, ४५ वर्ष
३. रुपेश साउद, १७ वर्ष
४.नविन साउद, १२ वर्ष (मृत्यु)
५. नाम नखुेलेकी किशोरी, १८ वर्ष
६. प्राप्ति साउद, ३ वर्ष
७. जोगा साउद, ५५ वर्ष
८.अमर शाह, ४५ वर्ष
९.पवित्रा शाह, ४६ वर्ष
१०. समिर शाह, ४ वर्ष
११. संझना शाह, ३५ बर्ष
१२. गौरी शाह, २५ बर्ष
१३. चन्द्र साउद, ४८ बर्ष
१४.बसु साउद, ४५ बर्ष
१५. लालसरा साउद, ४५ बर्ष
१६.बसन्त शाही, ९ बर्ष
१७. नाम नखुलेको, १७ बर्ष ,यी मध्ये ६ जनाको शव फेला परेको र पहिचान गर्दै गरेको प्रहरीले जनाएको छ।

Naumule Badhipahiro