Gold

अस्ट्रेलियाले कोरोना भाइरसविरुद्धको खोप तत्कालै निःशुल्क दिने ,

Naumule Migrate

भदौ ४ ,सिड्नी – अस्ट्रेलियाले कोरोना भाईरसविरुद्दको खोप निःशुल्क उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री स्कट मरिसनले भाइरसविरुद्ध सफल भएसँगै सम्पूर्ण नागरिकलाई खोप निःशुल्क उपलब्ध गराउने हिजो बुधबार घोषणा गरेका छन्  ।

मरिसनले आफ्नो भनाई सार्वजानिक गर्दै अन्तर्राष्ट्रिय औषधि कम्पनी अस्ट्राजेनेकासँग खोप उपलब्ध गराउने सहमति गरेका हुन्। यो खोपबाट २ करोड ५० लाख अस्ट्रेलियालीले प्रयोग गर्न पाउने छन्।

बुधबार बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले गरिरहेको खोपको परीक्षण सफल भएमा अस्ट्रेलियामै कोरोनाको खोप उत्पादन गर्ने सहमति भएको पनि मरिसनले बताए ।

अहिले अक्सफोर्ड विश्वविद्यालय तथा अस्ट्राजेनेकाले संयुक्त रूपमा गरिरहेको खोप परीक्षणको यो तेस्रो चरण हो ,यो खोप ल्याउने सबै प्रक्रिया तयारि भएको छ ।

प्रधानमन्त्री कार्यालयले पनि एक विज्ञप्तिमा उल्लेख गरेको छ। विशेष स्वास्थ्य अवस्थाबाहेक यो खोप देशभर अनिवार्य गरिनेसमेत मरिसेनको भनाई छ ।

अहिलेपनि अस्ट्रेलियाका विभिन्न राज्यका करिब आधा दर्जन प्रयोगशालामा भाइरसविरुद्धको खोपको विभिन्न चरणमा परीक्षण भइरहेको छ ।

त्यसका लागि बेक्टन डिकिन्सन कम्पनीसँग खोपका लागि आवश्यक पर्ने सुईलगायत अन्य सामग्री खरिदका लागि समेत सहमति गरिएको र आफ्नै देशमा समेत खोपको परीक्षण कार्यलाई निरन्तरता दिइने मरिसनले जनाए।

प्रधानमन्त्री मरिसनले छिमेकी राष्ट्रहरूलाई समेत जतिसक्दो चाँडो खोप उपलब्ध गराइने जनाएका छन् ।

अस्ट्राजेनेकाले अन्य देशसँग समेत खोप उपलब्ध गराउने विषयमा सहमति गरेको छ पहिलो चरणमा ३ अर्ब डोज खोप उत्पादन गर्ने जनाएको छ ।

सम्भवत अस्ट्रेलियामा यो खोप २०२१ को सुरुवातसम्ममा निशुल्क वितरण गर्ने तयारि बताईएको छ।

विश्वमा फैलिरहेको कोरोना महामारी पछिल्लो समयमा अस्ट्रेलियाको भिक्टोरिया राज्यबाट देखिन सुरुवात भएको थियो।

भिक्टोरिया राज्यमा अहिलेपनि दैनिक २ सयको हाराहारीमा नँया कोरोना संक्रमित फेला पर्ने गरेका छन्,अन्य राज्यमा भने संक्रमित देखिएका छैनन।

तेस्तै अस्ट्रेलियामा कडा पारिएको लकडाउन अहिले केहि खुकुलो पारिएको पनि तेंहाका समाचार माध्यामहरुले जनाएका छन्।

Naumule Badhipahiro