नेपाली देशभक्त युवा समाज प्रवाश भारत महाराष्ट्र पुणे विश्रांण्तवाडि शाखाद्वार दिदि बहिनीलाई तिजको सुभकामना ,
भदौ ४ ,काठमान्डौ – नेपाली देशभक्त युवा समाज पुणे विश्रांण्तवाडि शाखाले नारिहरूको महान् चाड हरितालिका तीजको सम्पूर्ण हिन्दु नारिहरुमा सुभकामना ब्यक्त गरेको छ।
पुणे बिश्रांण्तवाडि शाखा संयोजक पारस रावत र सह-संयोजक बिशाल रावत राजेश साउद जयराम वाग्ले महेश अछामि दिपक नेपालीले आज एक विज्ञप्ति जारि गर्दै २०७७ सालको तीजको सुभकामना दिदै यो वर्ष कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै कुनैपनि शुभकामना आदान प्रदान र नाच गान नगर्ने निर्णय लिएको बताएका हुन् ।
आ -आफ्नो स्थानबाट हिन्दु परम्परा र रितिरिवाज अनुसार पुजा आजा गरेपनि कुनैपनि भिड भाडमा नगईदिन विनम्र आग्रह समेत देश भक्त युवा समाजले गरेको छ ।
पुणे बिश्रांण्तवाडि शाखा को तर्फबाट देश विदेशमा रहने आम नेपाली दिदि बहिनीहरुमा हार्दिक सुभकामना गर्दछौ तर कोरोना महामारीको कारणलाई मध्यनजर गर्दै कुनैपनि स्थानमा नाच गान नगरी आफु पनि बाँचौ अरुलाई पनि बचाऔ विज्ञप्तिमा भनिएको छ।
यस वर्षको हरितालिका तीजमा आज दर खाने दिन मानिन्छ। भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । यो वर्ष भने कोरोना महामारीले तिजको रमझम छैन,महिलाहरुले नाच गान गरेका छैनन् भने सुभकामना पनि साटा साट गरेका छैनन्।
खासमा आजको दिन विद्यालय, सामाजिक संघसंस्था, महिलाका संगठनलले कार्यक्रमगरि दिदीबहिनी हरुलाई दर खुवाउने चलन थियो।
दिदि बहिनि आफ्नो माईतिघर जाने गर्थे भने दाजु भाई दिदि लिन आउथे यो वर्ष भने तेसो नभई दिदि बहिनि आफ्नै घरको कोठामा खुम्चिने गरेका छन्। यो वर्षको तीज भोलि भद्र ५ गते परेको छ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।