surkhet

होम आईसोलेसनमा बस्ने संक्रमितलाई टोखा नगरपालिकाले दैनिक ३५० रुपैयाँ दिने ,

surkhet

भदौ ४ ,काठमान्डौ – होम आईसोलेसनमा बस्ने संक्रमितलाई टोखा नगरपालिकाले दैनिक ३५० रुपैयाँ दिने भएको छ।

नगरप्रमुख प्रकाश अधिकारीका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिले होम क्वारेन्टिनमा बस्न चाहेमा सन्तुलित भोजनबापत प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको बताए।संक्रमित स्वास्थ्य शाखाको सिफारिस अनुसार होम आईसोलेसनमा बस्न पाउने छन्।

टोखा नगरपालिका अहिले सम्म ७७ जना कोरोना संक्रमित फेला परेका छन् ति मध्ये २३ जना होम क्वारेन्टिनमा बसेका छन् भने २५ जना अस्पतालमा उपचार्थ रहेको र अन्य भने डिस्चार्ज भईसकेको अधिकारीले बताए।

Dailekh
Gorkha

तेस्तै भर्खर सम्पन्न कार्यपालिका बैठकले वडा नम्बर २ मा अवस्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ३० देखि ४० बेडको आइसोलेसन कक्ष बनाउने निर्णय गरेको छ ।

संक्रमित बढेमा प्राथामिक स्वास्थ्य केन्द्रमा ९० बेड सम्मको आईसोलेसन बनाउने समेत तयारि भईरहेको पनि अधिकारीले बताए।

संक्रमित बढ्दै गएमा नगरपालिकाले वडान १ को सामुदायिक भवन ,वडान ६ को सामुदायिक अध्यनकेन्द्र ९ को पिस बैंक्वेट, ११ को सामुदायिक भवन, ९ को नेवा पुछः सामुदायिक भवनलाई प्रयोगमा अल्याउन सकिने बताएको छ।

तेस्तै टोखा ७ मा रहेको लोक तथा दोहोरि प्रतिस्ठानको भवनलाई पनि आईसोलेसन बनौन सक्ने समितिले अध्यन गरेको छ।

salyan