suekhet
bheriad

यो वर्षको तीज खल्लो न माईत न मन्दिर गायिका टिका पुन, रंग दर्पण संवाद,

lekabesi

भदौ ४ ,काठमान्डौ – काँकरीको फूल फुल्यो आगनिको डिलैमा ,
सँधै भरि राखे आमा तिम्रो दिलैमा ,

किन छेक्चस मेरै माईति रम्म डम्म बादलु ,
फाटी दे बादलु हेर्छु म माईतिको देश ,

मै चेलीलाई माईति प्यारो आमा बाचुन्जेल जमिनै थरर ….

अहिले नेपालमा त्यो अवस्था भएको भए चेलीबेटीहरु जमघट हुने नाच गान गर्ने र दर खाने विभिन्न कार्यक्रममा रमाईलो गर्ने हुन्थ्यो।

तर परिस्तिथिले गर्दा चेलीबेटीहरु कोठाभित्र खुम्चिन परेको छ। विश्वमा फैलीएको (कोभिड १९) कोरोना महामारीले हाल विश्वव्यापी रुपमा मानव जीवननै समाप्त पार्ने होकी भन्ने समेत डर छ।

अहिले समुदायस्तरमा समेत कोरोना फैलीएको छ भने स्थानीयस्तरमा पनि निषेधाज्ञा जारी गरिएको छ।

सधैको वर्ष जस्तो यो वर्ष भने तीज पर्व मनाउन नपाउँदा आफुलाई खल्लो लागेको लोक तथा दोहोरि गायिका टिका पुनले रंग दर्पणलाई बताईन।

वर्षमा आउने पर्वहरुमा सबै भन्दा धुम धामले मनाईने चेलीबेटीको चाड हरितालिका तीज हो।

यो बेला सबै माईतिको आँगनीमा जम्मा भएर मिठो दर खाने र नाच्ने नचाउने बेला हो तर यो वर्ष न माईत न त मन्दिर भएको छ जसले गर्दै सबै दिदि बहिनिलाईनै खल्लो महसुस भएको पुनले बताईन।

माईत नगए तीज आको जस्तो लाग्दैन माईत जाने मनसाय बनाएपनि चारैतिर कोरोन महामारीको डर छ।

तैपनि घरमै बसेर भएपनि वर्त बस्ने मनसाय गरेकी छु ,सँधै एकै नास हुन्दैन ज्यानै जोखिममा राखेर चाडपर्व मनाउनुको अर्थ पनि छैन ।सुरक्षित भई बाँचेपछि अर्को वर्ष पक्कै तीज मनाउन सकिन्छ पुनले भनिन।

अहिले आफ्नै घर परिवारसंग डराउनुपर्ने अवस्था छ ,मन्दिर जाने अवस्था पनि छैन यस्तो बेला सबै दिदीबहिनी सजग रहन पनि गायिका पुनले सुझाव दिईन।

माईति देश सुर्खेत र कर्मथलो काठमान्डौलाई बनाएकि पुनले कोरोना महामारीका बेला यसको नियन्त्रण गर्न सबै ऐक्यवद्धता हुनुपर्ने समेत बताईन।

पुतली झैँ नाच्न मनथ्यो शिरफुल लाएर ,

तीज पर्वमा गरिने मन्दिर प्रवेश र भिड भाडले थप कोरोना संक्रमण निम्त्याउने भन्दै उपत्यकामा पनि हिजो राति १२ बजे बाट १० गते सम्म निषेधाज्ञा जारि गरेको छ।

अहिले काठमान्डौमा मात्र ३ हजारको हाराहारीमा कोरोना फैलिसकेको छ। तीज पर्वलाई यो वर्ष भने घरमै बसेर मनाउने निर्णय गरेको पुनले बताएकि हुन्।

यो वर्ष पनि सधै जस्तो गायिका टिका पुनले दर्जनौ तीज गित गाएकि छिन्। सधै जस्तो मौलिक पन र सामाजिक परम्परा रितिरिवाजलाई आत्मसात गर्दै चर्चाको शिखर चुम्न सफल गायिका हुन टिका पुन।

सोचे जस्तो छैन जीवन ,

उनका हजारौ गितले बजार पाएका छन्। तिज आउँदा माईति सम्जिने गायिका टिका पुनले ,माईतिको देश ,जमिनै थरर ,पोखरा फेवा ताल ,जमिनै थर्कायो ,माईतिको सम्झना ,सम्झना आमाको जस्ता दर्स्जनौ तिजका गितले अहिले बजार तताएको देखिन्छ।

यस वर्षको हरितालिका तीजमा आज दर खाने दिन मानिन्छ। भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।

यो वर्ष भने कोरोना महामारीले तिजको रमझम छैन,महिलाहरुले नाच गान गरेका छैनन् भने सुभकामना पनि साटा साट गरेका छैनन्।

 

दिदि बहिनि आफ्नो माईतिघर जाने गर्थे भने दाजु भाई दिदि लिन आउथे यो वर्ष भने तेसो नभई दिदि बहिनि आफ्नै घरको कोठामा खुम्चिने गरेका छन्। यो वर्षको तीज भोलि भद्र ५ गते परेको छ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

 

रंग दर्पण नेपाल ,