surkhet

चौतर्फी विरोध पछि सरकारले दियो दुबईबाट उडान अनुमति,

surkhet

भदौ ५ ,काठमान्डौ – चौतर्फी समाजिक सञ्जालभरि विरोध भएपछि सरकारले दुबईबाट काठमाडौँको लागि अन्ततः उडान अनुमति दिएको छ ।

दुवैको एयरपोर्टमा आएर बसेका २६२ नेपालिलाई लिन गत मंगलबार पुगेको नेपाल एयरलाइन्सको जहाज रित्तै फर्कीएको थियो।

जसको चौतर्फी विरोध भएको थियो ,अब भने यात्रुहरुलाई स्वदेश फर्काउन आउँदो आइतबार नेपाल एयरलाइन्सको विशेष उडानको लागि सरकारले अनुमति दिएको छ ।

Dailekh

सरकारको लापरवाहीका कारण भने उनीहरुसबैले फेरी कोरोना परीक्षण गर्नुपर्ने भएको छ ।

यात्रुहरुको आरडीटी वा पीसीआर टेस्टको समय अवधि पनि सकिएकोले २ दिन भित्र पुन:आरडीटी परीक्षणको लागि अल शबाब अल अहली क्लबमा जान सबैलाई अनुरोध गरिएको छ यता नेपाल एयरलाइन्सले पनि पीसीआर टेस्ट गर्न बताएको छ ।

Gorkha

कोरोना कारण र कम्पनि नचल्दा ठप्प बसेका नेपालि दाजुभाईहरु करिब १० महिना अघिबाट समेत कामविहीन बसेका थिए।

उनीहरु खान बस्न समेतको चपेटामा थिए ,बल्ल तल्ल एयरपोर्टमा आएर बसेका उनीहरुको फर्केर जाने ठाँउपनि थिएन ,पैसा समेत छैन भने मानसिक तनाबसमेत झेल्नु पर्यो। नेपालस्थित परिवार मानसिक पिडाले रोईरहेका छन्।

यी सबैको क्षतिपूर्ति उपप्रम ईश्वर पोखरेलबाट भराईनुपर्छ भन्दै सबै नेपालीको विरोध पछि बल्ल सरकारले उडान अनुमति दिएको छ।

विमानस्थलमा अलपत्र परेका यात्रुहरुलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) युएई र सामाजिक संघसस्थाका प्रतिनिधिहरुले खान र बस्नको व्यवस्था गरेका थिए ।

गत मंगलबार अन्तिम चरणमा कोभिड,१९ संकट व्यवस्थापन संचालक केन्द्र (सीसीएमसी) ले सबै चार्टर्ड उडान रद्द गरेको थियो। उता नेपाल वायुसेवानिगमको जहाज रित्तै फर्काएपछि करोडौँको नोक्सान पारिएको छ।

 

 

 

salyan