नेपालको सविधान प्रति असन्तुस्ट ,नाकाबन्दी गर्ने मोदीलाई नागरिक अभिनन्दन गर्नु हुन्न, कमल थापा,,
वैशाख २१ ,, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नागरिक अभिनन्दन ओलीले किन गर्न पर्यो ? भन्दै पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रश्न गरेका छन्।
संविधानलाई स्वागत र आर्थिक नाकाबन्दीप्रति दुःख प्रकट नगर्दासम्म मोदीलाई नागरिक अभिनन्दन गर्नु अस्वभाविक हुने उनले बताए ।
नेपालि जनताको संविधान प्रति असन्तुस्ट जगाउनु , नाकाबन्दी गरेर नेपालि जनतालाई दुख दिनु जस्ता कार्यले मोदी लाई नागरिक अभिनन्दन गर्न पर्ने जरुरि नभयको कमल थापाले जनाय।
यो कुरा नेपालि जनताले कहिले पनि बिर्सिन नसक्ने ईतिहास बनेको छ ।, यो कुरा पछि पनि उठाईने छ। , हाल अहिलेको सरकारको बारेमा भारतले उठायको कुरा स्वीकार छ, तर नागरिक अभिनन्दन गर्ने भन्ने कुराले मेरो मनमा प्रश्न उठेको छ थापाले भने।
केहि अगाडी मात्र मोदीको नेपाल भ्रमणको बारेमा नेकपा मसालले पनि बिरोध गर्ने विज्ञप्तिमा जारि गरेको थियो ,।
वैशाख २८ गते पटना बाट सिधै जनकपुर आउन लागेका मोदीको लागि प्रदेश २ मा सार्बजानिक विदा , सभासद ले झाडु लगाउदै सरसफाई गर्ने जस्ता क्रियाकलापले सबैलाई लजास्पद हुने थापाले बताय।
मोदीको भ्रमणमा ५० हजार भन्दा बडी जनतालाई कार्यक्रममा सहभागी गराउने जानकारी छ ।,
अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यासका लागि काठमाण्डौबाट रिमोट थिच्न मात्र नरेन्द्र मोदीजी जस्तो हाइप्रोफाईल र व्यस्त अन्तरराष्ट्रिय स्तरका नेता नेपाल आउनुभएको हो भन्नु भ्रमणकै अवमूल्यन हुनेछ ।
जनकपुरको भ्रमण गरि सके पछि मात्र मोदी काठमान्डौ आउने जानकारी छ।