उपत्यकामा कार्यरत ३६ जना सशस्त्रमा कोरोना संक्रमण पुष्टि,

भदौ ५ ,काठमान्डौ – काठमान्डौ उपत्यकामा कार्यरत ३६ जना सशस्त्रमा कोरोना संक्रमणको पुष्टि भएको छ।

बुधबार संकलन गरेर स्वाब संकलन पठाईएको उनीहरुमा कोरोना पुष्टि भएको हो। उनीहरुको पीसीआर रिपोर्ट आज आ एको थियो।

भक्तपुरको दुवाकोटस्थित नम्बर ,११ गुह्वेश्वरी गणमा कार्यरत २० जनामा र कीर्तिपुरस्थित नम्बर -१८ निलबाराही गणमा कार्यरत १६ जनामा कोरोना पोजेटिभ देखिएको सशस्त्रका प्रवक्ता राजु अर्यालले जानकारी दिए ।

यो संगै हाल सम्म उपत्यकामा सशस्त्र प्रहरी बलका ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ५४ जना डिस्चार्ज भईसकेको अर्यालले जानकारी दिए ।