कांग्रेसको सरकारलाई प्रश्न खाडीका नेपालि के शत्रु हुन् ? प्रधानमन्त्री ज्यु ,

भदौ ६ ,काठमान्डौ – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारलाई चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्चको भारी बोकाएर श्रमिकको पीडामाथि पीडा थपेको आरोप लगाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश सरकारले कार्यान्वयन नगरी श्रमिकलाई झन् पीडा थप्ने काम गरेको बताएका हुन् ।
अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को व्यवहार ?विज्ञप्ति लेखिएको छ।
नागरिकलाई सरकारले उद्दार गरि माया स्नेह दिनुको सट्टा उल्टै पिडा थपेको छ,गत असार १ गते सर्वोच्च अदालतले सरकारी कोषबाटै विदेशमा रहेका नेपालीको उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थिय।
न्यायाधीशहरु आनन्द मोहन भट्टराई र हरिप्रसाद फुंयालको इजलासले गरेको आदेश कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता देखाएन,’ विज्ञप्तिमा भनिएको छ ।
तर अहिले सरकारले खाडीमा रहेका नेपालीलाई आफै टिकटकाटेर आउन समेत भनेको छ। ६ महिनाबाट नेपालि खाडीमा वेरोजरा मात्रहैन मानसिक तनाब छन् भने उनीहरुका घर परिवारसमेत मानसिक तनाबमा बाँचीरहेका छन्।
सरकारले चार्टरको महँगो टिकट काट्नुपर्ने ,पीसीआर परिक्षण आफै गर्नुपर्ने र नेपाल आएर महँगो तारेहोटेलमा बस्नुपर्ने जस्ता निर्णय गरेको छ। जसको चौतर्फी विरोध समेत भएको छ।
‘सरकारको यो निर्णय सर्वोच्चको असार १ को नि:शुल्क उद्धार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?,’ प्रवक्ता शर्माले प्रश्न गरेका छन् ।
सरकारी खर्चमै क्वारेन्टिन, पीसीआर परीक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन पनि सरकारसमक्ष काँग्रेसको आग्रह छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्वार फ्लाईटको अनुमति दिएको छ ।
भदौ १६ बाट शुरु गर्ने भनिएको नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्धित गरिएका कतिपय देशका नेपाली श्रमिक यो न्यून संख्याको फ्लाइटबाट नेपाल आइपुग्न महिनौं लाग्ने देखिन्छ ।
‘ उद्वारमा सरकारको कछुवा गतिले विदेशमा पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय नदेखाएको कांग्रेस पर्वाक्ता शर्माले बताए।

