कोरोनाले नेपालमा गत माघ १० गते नै संकेत गरेको थियो तर सरकारले चासो राखेन ,

भदौ ६ ,काठमान्डौ – नेपालमा कोरोनाको पहिलो संक्रमित माघ १० गते नै फेला परेको थियो। त्यो बेला सरकारले कुनै वास्ता गरेन।
पुष महिनामानै नेपालमा एक जनामा कोरोनाको जस्तो लक्षण फेलापरेपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शंका लागेर नमूना परीक्षण स्वाब संकलन गरि हङकङ पठाएको थियो।
त्यो बेला नेपालमा कोरोन जाँच गर्ने पीसीआर मेशिन थिएन। रिपोर्ट आएपछि स्वास्थ्य मन्त्रालयले माघ १० गते पत्रकार सम्मेलन गरि नेपालमा पनि कोरोना फेला परेको जानकारी दियो ।

नेपालमा त्यो बेलासम्म कोरोना के हो ?यो बाट बच्न के गर्नुपर्छ, भन्ने कुनैपनि जानकारी थिएन ,त्यो बेलासम्म चीनको हुवान सहरमा २६ जनाको मृत्यु भईसकेको थियो।
गत डिसेम्बर महिनामानै नोवेल कोरोना भाईरस चीनमा फेला परेको थियो त्यो बेला सम्म चीनमा ८ सय ३० जना संक्रमित भएका थिए ।
यो भाईरसले छिट्टै हुवान सहर हुँदै दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि सङ्क्रमणका बिरामी भेटिएको बिबिसीले उल्लेख गरेको थियो ।
छोटो समयमै देशमा यो भाईरस फैलिन थालेपछि बिरामीबाट लिइएको भाइरसको नमूना जाँचेर चिनियाँ अधिकारी र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस भनेर पहिचान गरेका थिए ।
कोरोना भाईरस भईरस धेरै प्रकारका रहेपनि खासगरी मानिसमा सर्ने कोरोना कोरोना ६ प्रकारका हुने विश्व स्वास्थ्य संगठनले पुस्टि गर्यो।
तर अहिले देखिएको नोवेल कोरोना भईरस भने बिल्कुलै नँया रहेको यसको कुनै खोप उपचार विश्वमानै नरहेको बताईयो।

नयाँ भाइरसको ‘जेनेटिक कोड’ विश्लेषणबाट यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरू कोरोना भाइरसको तुलनामा धेरै भएको पत्ता लाग्यो, यो कोरोना भाइरसकै एक प्रकार ‘सार्स’ जत्तिकै शक्तिशाली भएको बताइयो र सार्स धेरै खतरनाक कोरोना भाइरस भएको विश्व स्वास्थ्य संगठनले बतायो।
सार्स एक बिरालो जनावरबाट सरेको पत्ता लागेपनि कोरोना भाईरस जनावर वा के बाट सर्छ भन्ने कुनै पत्ता लागेन तेस्पछि संसारभरिका वैज्ञानिकहरु रिसर्चमा लागे।
नोटिङ्गम युनिभर्सिटीका जीव वैज्ञानिक जोनाथन बलका अनुसार यो बिल्कुलै नयाँ भाइरस भएकाले धेरै जानकारी लिन नसकीएको बताए ।
उनले भने जनावरबाट मान्छेमा सरेको अनुमान गरे ,तर सोचे जस्तो हुन नसकेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक पर्चा तयार गर्यो जसमा लेखिएको थियो।
यो भाइरस बाट बच्न ,
१व्याक्तिसंग हात नमिलाउनुहोस ,
२ काम बाहेक जीव जनावरबाट टाढा रहने,
३ पानि सधै तताएर पिउने ,
४ सधै सरसफाईमा ध्यान दिने
५ धेरै समय रुघा खोकी लाग्ने र थकान महसुस भएमा चिकित्सक संग जांच गराउने,
६ सधै माक्सको पयोग गर्नुहोस ,
७ अरुको कपडा प्रयोग नगर्ने आदि ,
तर यो कोरोना भईरसको हाल सम्म विश्वकै शक्तिशालि राष्ट्रलेपनि खोप निकाल्न सकेन जँहा विश्वनै खोप उपचारमा जुटेपनि हुनसकेन।
अहिले विश्वमा यो भाईरसले साढे २ करोड बढी संक्रमित छन् भने कुल ८ लाख बढीको मृत्यु भईसकेको छ।
नेपालमा कोरोना भाईरसका बिरामी ३१ हजार बढी फेला परेका छन् भने १४६ जनाको मृत्यु भईसकेको छ तर हाल सम्म पनि कुनै पनि खोप उपचार पत्ता नलागेको विश्व स्वास्थ्यसंगठन बताउ।
