एक जनाको कोरोना पत्ता लगाउन १ लाख ४ हजार बढी खर्च हुन्छ स्वास्थ्य मन्त्रालय ,
भदौ ६ ,काठमान्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना कोरोना भाइरस संक्रमित पत्ता लगाउन १ लाख ४ हजार ६३० रुपैयाँ खर्च हुने बताएको छ ।’
सरकारले पिसिआर परीक्षणका लागि गरेको खर्च र पोजिटिभ भेटिएको केसलाई हेर्दा एक जना पोजिटिभ भेटाउन सरकारले ५५०० खर्च हुने गर्दछ यो खर्च पीपीई बाहेकको हो ।
मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा हिजो प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पिसिआर परीक्षणका लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार रुपैयाँ ५ सय खर्च गरेको जानकारी दिएका हुन् ।
उनका अनुसार हालसम्म ५ लाख ५२ हजार हजार ४१८ जनाको पिसिआर परीक्षण भएको छ । परीक्षण भएकामध्ये ३१ हजार ११७ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
तेस्तै एक जना कोरोना संक्रमितलाई ३० दिन आईसियुमा राख्न पर्यो भने ४ लाख ५० हजार लाग्ने गौतमले बताए।
तेसैले कोरोना जाँच गर्न र पत्ता लगाउन सरकारलाई धेरै खर्च हुने हुँदा अत्यावस्यका काम नपरी बाहिर ननिस्कन र अनिवार्य माक्स प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले जानकारी गरेको छ।
यसो गर्दा एक जनाबाट १ लाख ४ हजार बच्ने र आफ्नो शरीर बच्न सक्ने अनुरोध मन्त्रालयले गरेको छ।