surkhet

भाग्दै गरेका हतियार र लागूऔषध कारोबारका मस्ट वान्टेड बग्गा पक्राउ ,

surkhet

भदौ ७ ,विराटनगर – हतियार तथा लागूऔषध कारोबारका मस्ट वान्टेडमा रहेका बग्गा भनिने प्रदीप यादवलाई प्रहरीलेले पक्राउ गरेको छ ।

प्रहरीले शनिबार दिउँसो साढे ४ बजे घर मिलाउन विराटनगर आएका बग्गालाई विराटनगर महानगरपालिका,१६ दरैयाबाट लागूऔषधसहित पक्राउ गरेको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

उनको साथबाट डाइलेक्स डिसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद गरेको प्रहरीले जनाएको छ।

Dailekh

बग्गा भारतको अररियाबाट नेपालको पूर्वी तराईका जिल्लामा लागूऔषध र हतियार कारोबार गर्ने गिरोहका नाइके मानिन्छन।

भारत बिहारको इन्द्रनगर ग्राम पञ्चायत,१० बस्ने ३९ वर्षका बग्गासँग जोडिएको दुई वटा हातहतियार तथा लागूऔषध मुद्धार मोरङमा विचाराधीन छ ।प्रहरीले बग्गलाई मस्ट वाण्टेड सूचीमा राखेको थियो ।

पूर्वी तराईका अधिकांस क्षेत्रमा हात हतियार ,लागूऔषध कारोबार बग्गाको हातमा छ ,बग्गा पक्राउ परेपछि पूर्व क्षेत्रमा लागूऔषध र हातहतियारको कारोबार आधा घट्ने प्रहरीको अनुमान छ।

बग्गा र प्रहरीबीच विराटनगर ,१६ दरैयामा जम्काभेट भएको थियो ,प्रहरी देखेपछि उनि भाग्न खोजेका थिए।

Gorkha

पक्राउ गर खोज्दा एक जना प्रहरी हवल्दार सामान्य घाईते भएका छन् भने बग्गाको शरीरमा सामान्य चोट पनि लागेको छ।

,भाग्न खोजेपछि सामान्य बल प्रयोग गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

बग्गाले हतियारसहित पठाएका भरियालाई २०७५ मंसिर ३ र ८ गते प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो ।

उदयपुरगढी गाउँपालिक, १९ का मन्दिप तामाङ, सुनसरीको इटहरी उपमहानगरपालिका, १२ का ३५ वर्षका सुशीलकुमार साहु पेस्तोल र चार राउण्ड गोलीसहित प्रहरीले पक्राउ गर्यो ।

तेस्तै लगत्तै ८ मंसिरमा विराटनगर बसपार्कबाट दुई जना भरिया र पेस्तोल बुझ्न काठमाडौंबाट आएका अर्का भरिया पक्राउ परेका थिए । ति पनि बग्गाले पठाएका ब्याक्ति रहेको प्रहरीको दाबी छ।

प्रदीपले पेस्तोल र लागूऔषध विराटनगर, १६ का २२ वर्षका विद्यानन्द मण्डल र २० वर्षका अनुप गिरीको पेटमा टेपले बाँधेर १०५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर, ३८० एम्पुल लागूऔषध, कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने दुई राउण्ड गोली पठाएका थिए ।

तेस्तै विराटनगर वसपार्कबाट हतियार लिन आएका सुनसरी धरान घर भई ललितपुर, एकान्तकुनामा बस्दै आएका ४१ वर्षका रुपम राईसहित दुईजना भरिया पक्राउ परेका थिए ।लाई प्रहरीले पक्राउ गरेको थियो ति सबै बग्गाले हतियार लागूऔषध सप्लाई गर्ने गरेका ब्याक्तिहरु भएको प्रहरीको दाबि छ।

salyan