उपत्याकामा खाद्यान्न र तरकारी पसल बिहान ९ बजे सम्म खोल्न पाईने ,

भदौ ७ ,काठमान्डौ – उपत्यकाका तिन जिल्ला काठमान्डौ ,ललितपुर ,भक्तपुरमा खाद्यान्न ,तरकारी पसल ,दुधडेरी बिहान ९ :१५ बजे सम्म खोल्न पाईने भएको छ।

आईतबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सूचना जारी गर्दै अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्री बिहान ९:१५ बजेसम्म मात्रै गर्न पाइने निर्णय गरेका हुन् ।

औषधि ,पानि ,स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसलभने जुनसुकै बेलापनि खुल्ने छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकोलागि सरकारको दोश्रो लकडाउन उपत्यकामा भदौ १० गते सम्म निशेधाज्ञा जारी छ।