गृहमन्त्री किसानको धान मासेर भाषण कला राहतको नाममा यौटा त्रिपाल ,चामल रेडक्रसको ,

भदौ ८ ,काठमान्डौ – बाढी पिडितलाई राहत उपलब्ध गराउने र घाउमा मलम लगाउन अछाम पुगेका गृहमन्त्रि राम बहादुर थापा बादल पिडित किसानको धानबालि नस्ट गरेर भाषण कला गरेका देखिन्छन ।

उनको साथमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान एवं रक्षामन्त्री भीम रावल सांसद शेरबहादुर कुँवर, तारामान कुँवर, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद् जोखिम न्यूनिकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल लगायत संलग्न छन्।

यो तस्विर अछामको रामारोशन ५ सैनीबजार माने साउदको धानबारी हो।गत मङ्गलबार आएको बाढीले रामारोशन ५ सैनीबजार बगाउँदा ७ जनाको मृत्यु भएको थियो भने ११ जना अझै बेपत्ता छन् ।

नेपाली सेनाको हेलिकोप्टर एमआई १७ बाट अवतरण गरेका थिए।जसलाई लिएर विज्ञहरुले समेत यो तस्विरलाई आलोचना गरेका छन्।

२५ जना भन्दा बढी भिड भाड नगर्ने घर बाहिर निस्कन नमिल्ने भन्दै आफै सूचना निकाल्ने थापा बादल भने जनताको बिचमा सामाजिक दुरी कायम नगरी जोडदार भाषान दिएका देखिन्छन।

गृहमन्त्री सहितको टोलीले अछाम बाढी पिडितलाई २५ कट्टा चामल, १० कट्टा दाल, नुन, तेल लगायत राहत बाँडेको थियो ।

त्यो सबै रेडक्रसले दिएको हो ,सरकारले भने अहिले सम्म नागरिकलाई पिडा र भाषण बाहेक केहिपनि दिएको छैन। आइतबार बेलुकी ७ बजेसम्मको रिपोर्ट अनुसार मुलुकका ३५ जिल्लामा पूर्ण र १२ जिल्लामा आंशिक निषेधाज्ञा छ ।

नेपालका अहिले विभिन्न क्षेत्रमा बढी पीडितले सयौको ज्यान लिएको छ ,बाढी पिडितको अध्यन भन्दै गृहमन्त्रीले दैनिक लाखौ खर्च गरेर हेलिकोप्टर सयर गरेका छन्।

केहिदिन अगाडी मात्र सिन्धुपाल्चोकको जुगल गाँउपालिका साउन अन्तिमतिर गएको पहिरोमा पनि २३ घर पुरीएका थिए जसमा ३८ जना वेपत्ता छन्।

त्यो बेलापनि गृहमन्त्री थापा र सभामुख अग्निप्रसाद सापकोटा हेलिकोप्टरमा फरक फरक हेलिकोप्टर लगेर बाढी क्षेत्रमा पुगेका पुगेका थिए।

तेस्तै २५ असारमा दुई जनाको मृत्यु र १४ जना बेपत्ता हुने गरी पहिरो जाने वित्तिकै पनि सभामुख सापकोटा नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोकतिर उडेका थिए ।

तर, भारी वर्षासँगै मौसम प्रतिकुल बनेकाले उनी धुलिखेलबाटै फर्किनु परेको थियो । साचिकै भनें हो भने अहिले बाढी पिडित क्षेत्रमा हेलिकोप्टर क्षेत्रमा जाने होडबाजीनै चलेको छ।

कतिपयले भने केन्द्रमा रहेका आफ्ना पहुँचका व्यक्तिलाई भनेर मन्त्रि पठाउने र विपदको बेला नेताले भोटका लागि संवेदना बटुल्ने काम भईरहेको बताएक छन्।

सरकारले राहत दिन चाह्यो भने अहिले देशमा ३ वटा सरकार छन् जसलाई केन्द्रले रकम खाद्यानन वितरण गर्नसक्छ ,प्रदेशका सांसद वा मेयरले उद्घाटन गर्न मिल्ने ठाउँमा अहिले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई लैजाने र पार्टी कार्यकर्तालाई रिझाउने परम्परा रहेको सबैले आंकलन गरेका हुन्।

’गृहमन्त्री थापासहितको टोलीे अछाममा निरीक्षण भ्रमणबाट जान काठमाडौंबाट नेपाली सेनाको स्काई ट्रक चार्टर गरिएको थियो। स्काई ट्रक चाटर्ड गर्दा प्रतिघन्टा २ लाख ८६ हजार ३७२ रुपैयाँ तिर्नुपर्छ ।

थापा बादल काठमान्डौबाट सुर्खेत अवतरण गरेका थिए ,सुर्खेतबाट अछाम पुगेका थिए ,काठमान्डौबाट सुर्खेत सरदर समय एक घन्टा ७ मिनेट लाग्छ भने सुर्खेतबाट अछाम पुग्न कम्तिमा ३० मिनेट लाग्छ।

गृहमन्त्री उडेको एमआई १७ को चाटर्ड दर प्रतिघन्टा ७ लाख ४४ हजार २ सय ७९ छ । एमआईको हेलिकोप्टर अछामबाट काठमान्डौ फर्किदापनि तेही रुटहोला दोहोरो सयमको झन्डै १६ लाख क्रस हुन्छ। यो रकम ति बाढी पिडितलाई बर्षौ खान पुग्छ।